श्रीगणेशायनमः ।। आज विक्रम संवत् २०७६ साल आश्विन महिनाको २८ गते मंगलवार हो । सृष्टिदेखि हालसम्म १९५५८८५१२० वर्ष व्यतित भइसकेका छन् । कलिकालको ५१२० औँ वर्ष श्रीशालिवाहनीय शाके १९४१, ईशवीय संवत् २०१९ अन्तर्गत परिधावी नामक संवत्सर चलिरहेको छ । सूर्य दक्षिणायनमा छन् । शरद ऋतुअन्तर्गत कार्तिक कृष्णपक्षको द्वितीया तिथि राति ४।४० बजेसम्म रहनेछ । यो महिनाका देवता पद्मनाभ र मासदेवी ईशा हुन् । सूर्य कन्या राशिमा छन् भने वृहस्पति वृश्चिक राशिमा रहेका छन् । अश्विनी नक्षत्र दिवा १२।४९ बजेसम्म रहनेछ । हर्षण योग र तैतिल करण रहेको छ । यसैगरी आज काठमाडौँमा सूर्योदय ६।४ मा छ भने सूर्यास्त बेलुका ५।३४ बजे हुनेछ ।
चन्द्रमा आज मेष राशिमा छन् । आज मंगलबार गणेशजीको उपासनासँगै राता वस्तुको प्रयोग शुभ रहनेछ ।
उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्