भृकुटीमण्डपमा नेकपाको चियापन


हरेकपल October 16, 2019

काठमाडौं, २८ असोज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले दसैं, तिहार, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा विगतमा झैँ यस वर्ष पनि आज काठमाडौंको भृकुटीमण्डपमा शुभकामना आदानप्रदान तथा चियापन कार्यक्रम आयोजना गर्दै छ ।

कार्यक्रममा सहभागी हुनका लागि पार्टी अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालका नामबाट निमन्त्रणापत्र पठाइसकिएको छ । पार्टी महासचिव विष्णु पौडेलद्वारा जारी विज्ञप्तिमा कार्यक्रमको तयारी पूरा भएको जनाइएको छ ।

यस्तै अपराह्न १२ देखि ३ बजेसम्म पार्टीका नेता, कार्यकर्ता तथा आम जनसमुदायलाई र अपराह्न ३ देखि ५ बजेसम्म विभिन्न राजनीतिक दलका नेता, मन्त्री तथा सांसद, संवैधानिक अंगका पदाधिकारी, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि, सरकारका उच्चपदस्थ पदाधिकारी, सेवानिवृत्त पदाधिकारीलाई आमन्त्रण गरिएको विज्ञप्तिमा उल्लेख छ ।