आज बुधबार, कस्ता कार्यका निम्ति शुभ रहनेछ ? हेर्नुहोस् आजको दिन २०७६ आश्विन २९ गते


हरेकपल October 16, 2019



श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७६ साल आश्विन महिनाको २९ गते बुधवार हो । सृष्टिदेखि हालसम्म १९५५८८५१२० वर्ष व्यतित भइसकेका छन् । कलिकालको ५१२० औँ वर्ष श्रीशालिवाहनीय शाके १९४१, ईशवीय संवत् २०१९ अन्तर्गत परिधावी नामक संवत्सर चलिरहेको छ । सूर्य दक्षिणायनमा छन् । शरद ऋतुअन्तर्गत कार्तिक कृष्णपक्षको तृतीया तिथि राति ४।१९ बजेसम्म रहनेछ । यो महिनाका देवता पद्मनाभ र मासदेवी ईशा हुन् । सूर्य कन्या राशिमा छन् भने वृहस्पति वृश्चिक राशिमा रहेका छन् । भरणी नक्षत्र दिवा २।२१ बजेसम्म रहनेछ । वज्र योग र वणिज करण रहेको छ । यसैगरी आज काठमाडौँमा सूर्योदय ६।५ मा छ भने सूर्यास्त बेलुका ५।३३ बजे हुनेछ ।


चन्द्रमा आज मेष राशिमा छन् । आज बुधबार विष्णु भगवान्को उपासना शुभ रहनेछ ।

उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्