कस्ता व्यक्तिले अरुको निन्दा गर्छन् ? हेर्नुहोस् आजको नीति वचन


हरेकपल October 16, 2019

न वेत्ति यो यस्य गुणप्रकर्षं सतं सदा निन्दति नात्र चित्रम् ।
यथा किराती करिकुम्भलब्धं मुक्तां परित्यज्य विभर्ति गुञ्जाम् ।।
– चाणक्य

जो जसको गुणको यथार्थतालाई जान्दैनन् ती निरन्तर अरुको निन्दा गर्दछन् । जस्तै भिल्लिनीहरू हात्तीका मस्तकको मोती छोडेर रातीगेडी लगाउछन् ।


वास्तवमा अरुको गुणको यथार्थतालाई आँकलन नगर्ने व्यक्तिले नै अरुको निन्दा गर्दछन् । अरुको यर्थालाई आँकलन गर्ने व्यक्तिले अरुको आलोचना गर्न सक्दैन । किनकि सबैको परिस्थिति एक हुँदैन । अरुको तुलना आफूजस्तै भएर गर्नु व्यर्थ हो । किनकि संसारमा एउटै गुण भएका हुँदैनन् । सबैलाई एउटै चश्माले हेर्ने आलोचकलाई चाणक्यले भिल्लको मोतीमा तुलना गरेका छन् । जसरी मणिलाई पनि कौडीको मूल्य संझिने भिल्लिनी मोती छोडेर उही रातीगेडीको माला लगाउछन् । आलोचक पनि यस्तै हुन्छन् भन्ने नीति वचन मननीय छ । – नारायणप्रसाद निरौला, ज्योतिषाचार्य–