महरालाई थप तीन दिन थुनामा राखी अनुसन्धान गर्न अदालतको आदेश


हरेकपल October 15, 2019

असोज २८,काठमाडौं । हिंसा तथा दुव्यबहारको आरोप लागेका पूर्व सभामुख कृष्णबहादुर महरालाई काठमाडौँ जिल्ला अदालतले तीन दिन थुनामा राखी अनुसन्धान गर्न आदेश दिएको छ ।

संसद सचिवालयकी एक महिला कर्मचारी माथि हिंसा तथा दुव्यबहारको आरोपमा उनी हिरासतमा रहेका छन् ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश दीपककुमार दाहालको इजलासले उक्त आदेश दिएको हो ।

प्रहरी प्रभाग सिंहदरवारको हिरासतमा रहेका महराको स्वास्थ्यमा समस्या देखिए पछि उपचारका लागि नर्भिक अस्पतालमा राखिएको र दिउँसो जिल्ला सरकारी वकिलको कार्यालय लगिएको थियो । त्यसपछि उनलाई सिधै काठमाडौं जिल्ला अदालत लगिएको थियो ।