नेप्से परिसूचकमा ५ अंकको सुधार


हरेकपल October 15, 2019

काठमाडौं । साताको तेस्रो दिन सेयर कारोबार मापन गर्ने नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा ५ अंकको सुधार भएको छ ।

आज नेप्से ५.०८ अंकले बढेर १ हजार १ सय ४२.०४ अंकमा पुगेको हो । नेप्से बढेको दिन सेन्सिटिभ इन्डेक्स्ट पनि १.०५ अंकले बढेर २ सय ५०.२२ अंकमा पुगेको छ । 

आज बजारमा १५१ कम्पनीका ७ लाख ६५ हजार ८९७ कित्ता सेयर २२ करोड २४ लाख ५२ हजार ७८ रुपैयाँमा कारोबार भए । 

यसदिन बजारमा कारोबारमा आएका १२ वटा समूहगत उपसुचक मध्य १० समूह उकालो लागेका छन् भने उत्पादनमूलक र ट्रेडिङ समूह स्थिर रहेका छन् । 

आज बजारमा सिद्धार्थ बैंकको सेयरको कारोबार सबैभन्दा धेरै भयो । कम्पनीको सेयर ४ करोड ७ लाख ७४ हजार २५६ रुपैयाँमा कारोबार भएको हो । यस दिन आरएमडिसि लघुवित्तका लगानीकर्ताले सर्वाधिक ५.९३ प्रतिशत सेयर मूल्य कमाए ।

त्यसैगरी, सिटि एक्सप्रेस फाइनान्स्का लगानीकर्ताले सर्वाधिक ५.८८ प्रतिशत सेयर मूल्य गुमाए ।