असोज २८, काठमाडौँ ।
अस्ट्रेलियाका लागि नयाँ राजदुतमा महेशराज दाहाल नियुक्त भएका छन् ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले दाहाललाई अस्ट्रेलियाका लागि आवासीय राजदूत नियुक्त गरेकी हुन् ।
राष्ट्रपति कार्यालयले एक विज्ञप्तिमार्फत् दाहाल नियुक्त भएको जानकारी गराइएको छ ।
