श्रीगणेशायनमः ।। आज विक्रम संवत् २०७६ साल आश्विन महिनाको ३० गते बिहीवार हो । सृष्टिदेखि हालसम्म १९५५८८५१२० वर्ष व्यतित भइसकेका छन् । कलिकालको ५१२० औँ वर्ष श्रीशालिवाहनीय शाके १९४१, ईशवीय संवत् २०१९ अन्तर्गत परिधावी नामक संवत्सर चलिरहेको छ । सूर्य दक्षिणायनमा छन् । शरद ऋतुअन्तर्गत कार्तिक कृष्णपक्षको चतुर्थी तिथि राति ४।२७ बजेसम्म रहनेछ । यो महिनाका देवता पद्मनाभ र मासदेवी ईशा हुन् । सूर्य कन्या राशिमा छन् भने वृहस्पति वृश्चिक राशिमा रहेका छन् । कृत्तिका नक्षत्र दिवा ३।२४ बजेसम्म रहनेछ । व्यतिपात योग र बब करण रहेको छ । यसैगरी आज काठमाडौँमा सूर्योदय ६।५ मा छ भने सूर्यास्त बेलुका ५।३२ बजे हुनेछ ।
चन्द्रमा आज वृष राशिमा छन् । आज बिहीबार भएपनि चतुर्थी तिथि र व्यतिपात योगका कारण विशेष कार्यारम्भका निम्ति उपयुक्त देखिँदैन । यसैगरी आज आश्विन महिनाको अन्तिमा दिन अर्थात् मासान्ता पनि हो ।
उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्