एजेन्सी । रुवान्डाको किगालीमा अन्तर्राष्ट्रिय सहकारी महासंघ (आइसिए) को विश्व सम्मेलन सोमबारदेखि शुरु भएको छ। सो सम्मेलनमा विश्वभरबाट ९४ वटा देशका एक हजार भन्दा बढीको सहभागिता रहेको छ ।
आइसिए ग्लोबल बोर्ड मेम्बर एवम् राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष ओमदेवी मल्लकाअनुसार १४ अक्टोवर अन्तराष्टिय सहकारी महासघ (ICA)को ग्लोबल वोर्ड वैठक बिहान ९ बजे शुरु भएर साँझ ७:१५ बजे सकिएको थियो ।

पहिलो सत्रको वैठकमा ३ महिनामा भएको अध्यक्षको कार्य प्रगती र Director General को कार्य प्रगती विवरण प्रस्तुत भएको थियो भने दोस्रो सत्रमा अफ्रीका महादेशको सहकारी महासंघका पदाधिकारीहरुसँग संयुक्त वैठक भएको थियो । जस्मा पुरै अफ्रीका महादेशको सहकारीमा भएको प्रगती र भावी योजना प्रस्तुत भएको थियो। मल्लकाअनुसार यो बर्षको रोचडेल अवार्ड २०१९ वाट अमेरिकाका Mr. Howard Brodsky र साउथ कोरियावाट Dr. Byeongwon लाई सम्मानित गर्ने निर्णय पनि गरियो ।
त्यसैगरी अन्तर्राष्ट्रिय सहकारी महासघको आउदो वजेटको वारेमा गहिरो रुपमा छलफल भई 17 October मा हुने General Assembly मा प्रस्तुत गरिने १० बर्षे रणनिती योजनालाई प्रस्तुत गर्न अन्तिम रुप दिइएको थियो ।

आइसीएमा १०९ वटा देशका ३१२ वटा संस्थाले सदस्यता लिएका छन् । सम्मेलनको उद्घाटन स्थानीय सरकारका उद्योग तथा बाणिज्य मन्त्री सोराया हाकुजीयारेमेले र आइसीएका अध्यक्ष एरियल ग्वार्कोले गरेका थिए।
सहकारीमार्फत समग्र मानव विकासमा सहयोग गर्ने उद्देश्यका साथ भेला भएका सहकारीले आगामी दिनमा कसरी अगाडि बढ्ने र सहकारीमार्फत संयुक्त राष्ट्रसंघको दिगो विकास लक्ष्य प्राप्तिका लागि कसरी सघाउ पुर्याउन सकिन्छ भन्ने विषयमा छलफल गरी आगामी दिनका लागि लक्ष्य निर्धारण गर्ने बताइएको छ।