निदान अस्पतालका कार्यकारी प्रमुखसहित पाँच जना पक्राउ


हरेकपल October 16, 2019

असोज २९, काठमाडौं । मृगौला झिकी किनबेच तथा प्रत्यारोपण गराएको आरोपमा प्रहरीले ललितपुरस्थित निदान अस्पतालका प्रमुख कार्यकारी अधिकृतसहित पाँच जनाललाई पक्राउ गरेको छ ।

पुल्चोकस्थित उक्त अस्पतालले एक व्यक्तिको नामम अर्कैको मृगौला झिकी किनबेच तथा प्रत्यारोपण गराएको आरोपमा प्रहरीको मानव बेचबिखन अनुसन्धान व्यूरोले अस्पतालका कार्यकारी प्रमुख विपेन्द्र प्रधान, अस्पतालका कानुनी सल्लाहकार कुमुदकुमार भट्टराई, अस्पतालका डाक्टर राजेश पन्त, मृगौला लिने बिरामी शंकरलाल लामा र जिल्ला प्रशासन कार्यलयका शाखा अधिकृत रामचन्द्र आलेलाई पक्राउ गरेको हो ।