गायक आनन्द कार्कीको ‘छलीरहेछ’ गीतको भिडियो सार्वजनिक


हरेकपल October 16, 2019

असोज २९, काठमाडौं । गायक आनन्द कार्कीको ‘छलीरहेछ’ को लिरिकल भिडियो सार्बजनिक भएको छ । प्रसिद्ध गीतकार तथा सर्जक अम्बिका गुरुङको शब्द तथा बरिष्ट गायक आनन्द कार्कीको सुमधुर आवाजमा ‘छलीरहेछ’ को लिरिकल भिडियो सार्बजनिक भएको हो । संगीतकार शक्ति बल्लभको संगीत तथा चन्द सिंहको एरेन्ज रहेको छ । सयौ चर्चित गीतहरुमा सुमधुर आवाज भरिसकेका लोकप्रिय गायक आनन्द कार्कीको नयाँ गजल‘छली रहेछ’ सार्बजनिक भएको हो ।

अमेरिका निबासी बरिष्ठ गीतकार तथा सर्जक अम्बिका गुरुङले नेपाली सांगीतिक इतिहासमा आफ्नो नाम सुनौलो अक्षरले कोरिसकेकी छिन । नेपाली सांगीतिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल गीतकार अम्बिका गुरुङ मोफसलको चर्चित गीतकार हुन् ।