पार्टीभित्र अराजकता र व्यक्तिवादले जन्म लिएको छ : अध्यक्ष प्रचण्ड


हरेकपल October 17, 2019

असोज ३०, काठमाडौँ ।

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्र अराजकता र व्यक्तिवादले जन्म लिएको बताएका छन् । आज चितवनमा आयोजित
चियापान कार्यक्रममा उनले यस्तो धारणा राखेका हुन् ।

यसैगरी उनले पार्टीलाई कम्युनिष्ट पार्टीजस्तो बनाउनका लागि आन्दोलन गर्ने इच्छा पनि व्यक्त गरेका छन् । उनले नेताहरू र पार्टीमा अलिअलि धुलोमैलो लागेकाले ‘फेरि एकचोटी राष्ट्र, जनताको हितमा समर्पित भएर अब काम गर्छु भनेर दह्रोसँग संकल्प लिए सफल हुने धारणा राखेका छन् । हामीमा अहिले अलिअलि धुलोमैलो लागेको मात्र हो,’ उनले भने, ‘हामीलाई कामै नलाग्ने गरी क्यान्सर भएको छैन। उपचार नै नलाग्ने गरी क्यान्सर भएको भन्न खोजेको होइन। ग्यास्टिक, अल्सर त्यतिसम्म होला क्यान्सर भएको छैन। त्यसको उपचार छ। बेलैमा उपचार गरौं। हामी माथि समीक्षा गर्दै छौं।’

कम्युनिष्टहरू सत्तामा पुगेपछि दायित्व बिर्सदै जाने रोग लागेकाले अब यस्तो नहुने पनि धारणा राखेका छन् ।