एनआरएन मतदान कार्यक्रममा तनाव


हरेकपल October 17, 2019

असोज ३०, काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनको मतदानस्थलमा तनाव भएको छ । निर्वाचन समितिले अवैध मतदातालाई समेत भोट हाल्न दिएको भन्दै कूल आचार्य समूहले विरोध गरेपछि मतदानस्थलमा तनाव सृजना भएको हो । बुधबार हुने भनिएको मतदान कार्यक्रम मेसिनको गडबडीले गर्दा आज विहान ११ः३० बजेबाट सुरु भएको थियो ।

आचार्य समूहले मतदान रद्द गर्न माग गर्दै नाराबाजी गरिरहेका छन् । तनाव र विवादका बीच पनि मतदान भने चलिरहेको छ।

‘म, मेरो एनआरएन र मेरो नेपाल’ भन्ने मूल नाराका साथ मङ्गलबारदेखि शुरु भएको सङ्घको नवौँ नेपाली विश्वसम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी थिइन् ।

एनआरएनमा ४२ पदका लागि ७६ ले उम्मेदवारी दर्ता गराएका छन् । सम्मेलनमा ८१ मुलुकका करीब दुई हजार ५०० प्रतिनिधि सहभागी छन् ।