सन्दीप लामिछाने ‘टी–१० लिग’मा अनुबन्धित


हरेकपल October 17, 2019

असोज ३०, काठमाडौं । चर्चित नेपाली युवा खेलाडी सन्दीप लामिछानेलाई ‘टी–१० लिग’ अनुबन्धित भएका छन् । बुधबार राति भएको ड्राफ्टबाट सन्दिपलाई कर्नाटकाले ४५ हजार अमेरिकी डलरमा अनुबन्धन गरेको हो ।

सन्दीपले यसअघि टी–१० लिग क्रिकेटमा केरला नाइट्सबाट खेलेका थिए । उनले आफ्नो डेब्यु संस्करणमै उत्कृष्ट प्रदर्शन गर्दै ६ खेलमा ६ विकेट लिन सफल भएका थिए । टी–१० क्रिकेट लिग यही नोभेम्बर १५ देखि २४ तारिखसम्म यूएईमा हुँदैछ ।