कांग्रेस आक्रमक रुपमा जाग्दै, भक्तपुरमा देशभरका कार्यकर्तालाई प्रशिक्षण


हरेकपल October 17, 2019


काठमाडौं । नेपाली कांग्रेसले आफ्ना कार्यकर्तालाई प्रशिक्षण दिने भएको छ । कांग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आगामी कात्तिक १ र २ गते प्रशिक्षण कार्यक्रम गर्ने भएको हो । पार्टीबाट विजयी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष, सम्बन्धित गाउँपालिकाका कांग्रेसका सभापति, जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुखका लागि प्रशिक्षण कार्यक्रम गर्न लागिएको पार्टी कांग्रेस केन्दीय सदस्य नविन्द्रराज जोशीले जानकारी दिए ।

प्रशिक्षणमा देशभरबाट ४०० भन्दाबढीको सहभागिता हुनेछ। भक्तपुरको मध्यपुरथिमि नगरपालिका बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्रमा हुने उक्त प्रशिक्षण कार्यक्रमको पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।