मन्‍त्रिपरिषद्‍ बैठकका ११ निर्णय (सूचीसहित)


हरेकपल October 17, 2019


काठमाडौं । सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा बिहिबार आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गरेका हुन्।

सरकारले कात्तिक ५ र ६ गते काठमाडौंमा हुने नेपाल–बंगलादेश वार्णिज्य सहसचिवस्तरीय प्राविधि समितिको चौथो बैठकमा सहभागी हुन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालको नेतृत्वमा १५ सदस्यी वार्ता टोली गठन गर्ने निर्णय गरेको छ।

सँगै बाँकेको साविक नेपालगञ्ज नगरपालिका २ का मृतक अधिराजकुमार शर्माका पिता जयलाल शर्मालाई १० लाख र काभ्रेपलाञ्चोक जिल्ला पाँचखाल नगरपालिका ४ बस्ने सानुमाया लामालाई तीन लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउनेलगायत निर्णय गरेको छ।