आज कार्तिक संक्रान्ति, सूर्य तुला राशिमा प्रवेश हेर्नुहोस् आजको दिन २०७६ कार्तिक १ गते


हरेकपल October 18, 2019


श्रीगणेशायनमः ।। आज विक्रम संवत् २०७६ साल कार्तिक महिनाको १ गते शुक्रवार हो । सृष्टिदेखि हालसम्म १९५५८८५१२० वर्ष व्यतित भइसकेका छन् । कलिकालको ५१२० औँ वर्ष श्रीशालिवाहनीय शाके १९४१, ईशवीय संवत् २०१९ अन्तर्गत परिधावी नामक संवत्सर चलिरहेको छ । सूर्य दक्षिणायनमा छन् । शरद ऋतुअन्तर्गत कार्तिक कृष्णपक्षको पञ्चमी तिथि राति ५।५ बजेसम्म रहनेछ । यो महिनाका देवता दामोदर र मासदेवी राधा हुन् । सूर्य तुला राशिमा छन् भने वृहस्पति वृश्चिक राशिमा रहेका छन् । रोहिणी नक्षत्र दिवा ३।५७ बजेसम्म रहनेछ । वरियन योग र कौलव करण रहेको छ । यसैगरी आज काठमाडौँमा सूर्योदय ६।६ मा छ भने सूर्यास्त बेलुका ५।३१ बजे हुनेछ । चन्द्रमा आज वृष राशिमा छन् ।


आज कार्तिक महिनाको संक्रान्ति हो । आजबाट सूर्य तुलाराशिमा प्रवेश गर्दछन् । आजको दिनलाई ज्योतिषशास्त्रमा विषुवत् दिन पनि भनिन्छ । आज दिन र रात बराबर हुने गर्दछन् ।
संक्रान्तिमा सत्यनारायण भगवानको पूजा सँगै दान पूण्यकर्मका शुभ रहन्छन् । यसैगरी आज पञ्चाङ्गको फल पनि श्रवण गरिन्छ । पञ्चाङ्गको फल श्रवण गर्नाले गंगा स्नान गरेबराबरको फल प्राप्त हुन्छ ।

उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्