साहारा साकोसले मनायो चौधौ साधारण सभा


हरेकपल October 18, 2019

-बद्री नयाँघरे-

रामेछाप । विपन्नको आय स्तरलाई उकास्ने लक्ष्यका साथ १४ वर्ष अघि स्थापना भएको साहारा बचत तथा ऋण सहकारी संस्थाले आफनो चौधौ वार्षिक साधारण सभा सकेको छ । साकोसले आज मन्थलीमा आफना आम शेयर सदस्यका माझ आर्थिक बर्ष २०७५-७६ मा भएको आर्थिक तथा सांंगठनिक कारोवारको प्रस्तुति सहितको साधारण सभा समापन गरेको हो ।


संस्थाका अध्यक्ष मिलन कुमार घिसिङले आम शेयर सदस्य प्रमुख अतिथि र अतिथि हरुलाई स्वागत गरेर आरम्भ गरेको उक्त साधारण सभाको उद्घाटन मन्थली नगरपालीकाका प्रमुख रमेश कुमार बस्नेतले गर्नु भएको थियो । आफनो उद्घाटन मन्तब्य दिदै प्रमुख अतिथि वस्नेतले प्रमुख रमेश कुमार बस्नेतले नगरपालीकाले नगरभित्र रहेका सवै सहकारीहरुलाई नगरपालीकाले निति र विधिमा हिडाउन चाहेको भन्दै विधि र नितिमा नचल्ने जुन सुकै सहकारीलाई पनि नगरपालीकाले कानूनको दयरामा ल्याएरै छाड्ेने प्रतिवद्धता व्यक्त गर्नु भयो । उहाँले भन्नु भयो अब कानूनको दायरमा नआउने झोले सहकारीहरुका लागि मन्थली नगरपालीकाले छुट दिंदैन त्यसका लागि उनिहरुले सहकारीको निति र प्रकृयालाई अबल्म्बन गरेर काम गर्न सक्नु पर्छ उनले भने । पछिल्लो समयमा अधिकाँश सहकारी खराव ऋणका कारण चर्चामा आउने गरेको प्रशंग उल्लेख गर्दे उनले सहकारी बाट ऋण लगेर नतिर्ने शेयर सदस्यहरुलाई समयमानै ऋण तिरेर आफुले लगेको ऋणलाई उत्पादन मुलक कार्यमा लगाउन पनि अनुरोध गर्नुभयो ।


कार्यक्रमका विशेष अतिथि रामेछाप नगरपालिकाका नगर प्रमुख नर बहादुर थापा मगरले शहकारीक्षेत्रको बिकास विना आर्थिक विकास असम्भव भएको भन्दै सहकारीको विकासका लागि सवैले ईमान्दार पुर्वक लागि पर्नु पर्ने वताउनु भयो । सरकारको ३ खम्बे नीति अन्तर्गत सहकारी क्षेत्र पनि एक खम्बा भएकोले मुलुकको अर्थिक बिकासका लागि सहकारीले राम्रो काम गर्ने हुँदा संचालकहरुलाई पनि सोहि अनुरुप काम गर्न पनि आग्रह गर्नु भयो । साधारण सभालामा वोल्दै संस्थाका अध्यक्ष मिलन कुमार घिसिङले संस्थाले हाल सम्म शेयर सदस्यको आर्थिक तथा सामाजीक विकासको क्षेत्रमा खेलेको योगदानको चर्चा गर्दे संस्थाले निति विधि र प्रविधि मातहत रहेर कार्य आरम्भ गरिसकेको जानकारी दिनु भयो । उहाँले संचालक समितिले साधारण सभाको अनुमतिका आधारमा आफना शेयर सदस्यको आर्थिक तथा सामाजीक विकासका लागि काम गरि रहेको र संस्थाले गर्ने र गर्दे आएका सवै काम सहकारीको सिद्धान्त र निति अनुरुप भईरहेको जानकारी दिनु भयो ।


साधारण सभामा संस्थाका कोषाध्यक्ष शिवराज श्रेष्ठले संस्थाको आर्थिक गतिविधिका वारेमा प्रकास पार्नु भएको थियो । उहाँले संस्थाले हाल सम्म १ करोड ५३ लाख ४ हजार पचास रुपैया शेयर पूजी, १ करोड १७ लाख, ५ हजार ६ सय ६६ रुपैया जगेडा तथा अन्य कोष , १ करोड ४७ लाख ३७ हजार १ सय १७ रुपैया बचत रकम र ११ करोड ५८ लाख ६७ हजार ३ सय ९४ ऋण लगानी गरेको छ । कुल मुनाफा २६ लाख २६ लाख ४९ हजार ३ सय दश रुपैया गर्न सफल भएको संस्थाले करिब २० करोडको हाराहारीमा कारोवार रहेको पनि उनले बताए । साधारण सभामा संस्थाका सचिव बलरामा लामाले सांगठनिक गतिविधि प्रस्तुत गर्नु भएको थियो । २०६२ साल माघ १३ गते बिधिबत रुपमा स्थापनाभएको सो साधारण सभामा अधिक बाल बचत, अधिक शेयर खरिदकर्ता, असल ऋणी, अधिक बचतकर्ता र एबं संस्थाका पूर्ब पदाधिकारीहरु र पुर्व संचालक लगायतलाई सम्मान गरिएको थियो ।


साधारण सभामा मन्थली नगरापालिका वडा नं १ का वडा अध्यक्ष नारायण दाश श्रेष्ठ,जिल्ला सहकारी संघका कार्यबाहक अध्यक्ष हिमाल ढुंगेल, नेपाल पत्रकार महासंघका अध्यक्ष रमेश ढुंगेल,संस्थाका सल्लाहाकार झम्क कडेल सामुदायिक बिकास समाजका प्रतिनिधि सुकराम घिसिङ,संस्थाका संचालक सदस्य तथा पत्रकार बद्री नयाँघरे, लगाएतले वोल्नु भएको थियो ।