मासिक राशिफल २०७६ कार्तिक


हरेकपल October 18, 2019

मेष राशिः मेष राशिका लागि यो महिना यात्रादायी रहनेछ । व्यवसायमा वृद्धि हुने देखिन्छ । कलाका क्षेत्रमा विशेष रुचि रहनेछ । पराक्रम बढ्नुका साथै जग्गा जमीनबाट विशेष लाभ हुने देखिन्छ । अध्ययन अध्यापनको क्षेत्रअ मध्यम रहनेछ । शत्रु पराजित हुने छन् । कर्म क्षेत्र बलबान भएकाले पदोन्नतिका अवसर मिल्छन् । सामाजिक कार्यमा मन जानेछ । आमदानीका स्रोत बढ्दै जानेछन् । महिनाको उत्तराद्र्धमा स्वास्थ्यमा प्रतिकूलता रहनेछ । खर्च भने बढ्ने देखिन्छ ।


वृष राशिः वृष राशिका लागि यो महिनाको उत्तराद्र्ध विशेष फलदायी देखिन्छ । विद्याको क्षेत्र मध्यम रहनेछ । काम बन्नुका साथै नयाँ कार्यावसर मिल्ने योग देखिन्छ । आर्थिक क्षेत्र सबल रहनेछ । पराक्रम बढ्नुका साथै सामाजिक कार्यमा रुचि जाग्ने छ । मित्र जनबाट विशेष साथ सहयोग मिल्नेछ । स्वास्थ्यको क्षेत्र सबल रहनेछ । शत्रु क्षेत्र निर्वल देखिन्छ । पराक्रम बढ्नेछ । व्यापारको क्षेत्र मध्यम छ । कलात्मक क्षेत्रमा विशेष रुचि जानेछ । आमदानीका स्रोत बढ्दै जाने छन् । अन्य क्षेत्र मध्यम फलदायी रहने देखिन्छ ।

मिथुन राशिः मिथुन राशिका लागि यो महिना मध्यम फलदायी रहनेछ । कार्यमा उन्नतिका योग देखिन्छन् । व्यापार व्यवसायको क्षेत्र सबल रहनेछ । पारिवारिक साथ सहयोग मिल्नुका साथै विद्या क्षेत्रमा उल्लेख्य प्रगति हुनेछ । प्रेम जीवन सुखद् रहनेछ । खर्च भने बढ्ने देखिन्छ । कृषि कर्ममा मन जानेछ । अपव्ययका योग पनि देखिन्छन् । यात्रामा पनि केही समय वित्नेछ । मित्र सहयोग प्राप्त हुने देखिन्छ । धार्मिक सामाजिक कार्यमा लगाव रहनेछ । धनको क्षेत्र भने अस्थिरता रहनेछ । आकस्मिक कार्यले खर्चमा वृद्धि गराउनेछन् । स्वास्थ्यको क्षेत्र मध्यम देखिन्छ ।

कर्कट राशिः कर्कट राशिका लागि यो महिना लाभदायी रहनेछ । नयाँ कार्यका अवसर प्राप्त हुनेछ । आर्थिक क्षेत्र सबल रहनेछ । व्यापार व्यवसायमा वृद्धि हुनुका साथै कृषि कर्ममा मन जानेछ । आफन्तजनबाट पनि साथ र सहयोग मिल्ने देखिन्छ । महिनाको पूर्वाद्र्धमा स्वास्थ्य निर्वल रहे पनि उत्तराद्र्धबाट सुधार हु्ँदै जानेछ । अध्ययन अध्यापनमा सफलता मिल्नेछ । भू–धनबाट विशेष लाभ रहनेछ । शत्रु क्षेत्र सबल रहने भएकाले सजग रहनु उपयुक्त हुने देखिन्छ ।

सिंह राशिः सिंह राशिका लागि यो महिना उत्तम फलदायी रहनेछ । व्यापार व्यवसायमा वृद्धि हुने देखिन्छ । कार्यक्षेत्रबाट विशेष उन्नति प्रगति हुनेछ । नयाँ काम मिल्ने योग देखिन्छ । स्वास्थ्यको क्षेत्र सबल छ । धार्मिक सामाजिक कार्यमा रुचि जाग्नेछ । सुखद् यात्रका अवसर पनि प्राप्त हुनेछन् । आमदानीका स्रोत बढ्नेछन् । मित्रजनबाट पनि साथ सहयोग मिल्ने देखिन्छ । प्रिय लाभ हुनेछ । प्रेममा सपलताका मिल्नुका साथै कार्यमा पनि उन्नति हुने योग देखिन्छ ।

कन्या राशिः कन्या राशिका लागि यो महिना सबल रहनेछ । नयाँ कार्य गर्ने मनमा उत्साह छाउनेछ । प्रतिद्वन्द्वीको विशेष सामना गर्नुपर्ने देखिन्छ । कार्यमा संघर्ष गुर्नपरे पनि जीत तपाइको हातमा आउनेछ । शत्रुपक्षबाट सजग रहनु नै उचित हुनेछ । स्वास्थ्यको क्षेत्र मध्यम फलदायी देखिन्छ । अध्ययनमा प्रगति हुने देखिन्छ । भू–धनबाट विशेष लाभ रहनेछ । स्वजनबाट खासै फइदा देखिदैन । मित्रजनबाट पनि सजग रहनु उचित देखिन्छ । कृषि कार्यमा सफलता देखिन्छ ।

तुला राशिः तुला राशिका लागि यो महिना यात्रादायी रहनेछ । बौद्धिक क्षेत्रमा विशेष संलग्नता रहनेछ । सामाजिक कार्यमा अधिक दिन व्यतित हुनेछन् । व्यापार व्यवसायमा प्रगति हुने देखिन्छ । विद्याको क्षेत्र पनि उन्नतिकारक रहनेछछ । स्वास्थ्यको क्षेत्र सबल छ । धार्मिक कार्यमा रुचि जाग्नुका साथै यात्राको योग पनि देखिन्छ । शत्रु पराजित हुनेछन् । स्वजनबाट लाभ रहनेछ । कार्य क्षेत्रमा प्रगति हुनेछ । प्रेम जीवन सार्थक रहनेछ । राजनीतिक क्षेत्रमा पनि सफलता हात पर्ने देखिन्छ ।

वृश्चिक राशिः वृश्चिक राशिका लागि यो महिना केही खर्चिलो रहने देखिन्छ । भौतिक वस्तु लाभदायी रहनेछन् । आर्थिक उतार चढाब भने रहिरहने देखिन्छ । पारिवारिक सुख मिल्नेछ । दाम्पत्य जीवन सुद् रहनेछ । व्यापार व्यवसायमा वृद्धि हुनेछ । धार्मिक कार्यमा रुचि बढ्नेछ । नयाँ कार्य मिल्ने योग देखिन्छ । अध्ययनको क्षेत्र सबल छ । पारिवारिक साथ सहयोगले महिना सफल बन्नेछ । पशु चौपायको क्षेत्र सामान्य देखिन्छ । कृषि कर्मबाट लाभ हुनेछ । शत्रु पक्ष निर्बल रहने भएकाले महिना सफल रहने देखिन्छ ।

धनु राशिः धनु राशिका लागि यो महिना विशेष फलदायी रहनेछ । व्यापार व्यवसायमा वृद्धि हुनेछ । कार्यमा उन्नतिका योग देखिन्छन् । भौतिक वस्तुबाट विशेष लाभ रहनेछ । पारिवारिक साथ सहयोग प्राप्त हुनेछ । कार्यक्षेत्रमा सफलता मिल्ने देखिन्छ । स्वजनबाट साथ सहयोग मिल्नुका साथै पारिवारिक सुख शान्ति मिल्ने देखिन्छ । कार्यमा प्रगति हुनेछ । पद प्रतिष्ठा प्राप्तिका अवसर पनि मिल्नेछन् । धार्मिक कार्यमा रुचि जाग्नेछ । स्वास्थ्यको क्षेत्र भने त्यति सबल देखिँदैन । खर्च बढ्नुका साथै अपव्ययको योग पनि देखिन्छ ।

मकर राशिः मकर राशिका लागि यो महिना कार्यदायी रहनेछ । सोचेका काम बन्नेछन् । अध्ययनको क्षेत्र सबल देखिन्छ । मित्रजनबाट साथ सहयोग मिल्नेछ । आर्थिक उन्नतिका योग देखिन्छन् । पारिवारिक साथ सयोग प्राप्त हुनेछ । धनको क्षेत्र सबल देखिन्छ । आमदानीका स्रोत बढ्ने छन् । शत्रु पक्ष भने सबल देखिन्छ । प्रेम जीवन सुखद् रहनेछ । कार्यमा उन्नति हुनेछ । स्वाथ्यको क्षेत्र सबल रहनेछ । पराक्रम बढ्नुका साथै कृषि कार्यमा मन जाने देखिन्छ ।

कुम्भ राशिः कुम्भ राशिका लागि यो महिना मध्यम फलदायी रहनेछ । व्यापार व्यवसायमा प्रगति हुने छ । अध्ययनमा रुचि जाग्नुका साथै नयाँ कार्यको थालनी हुने योग देखिन्छ । सामाजिक कार्यमा मन जानेछ । भू–धन विशेष लाभदायी रहनेछ । कर्म क्षेत्र बलबान देखिन्छ । प्रिय लाभ हुनेछ । मित्र जनबाट साथ सहयोग मिल्ने छ । कार्यमा उन्नति हुनुका साथै शत्रु पक्ष पनि निर्वल हुने देखिन्छन् । स्वास्थ्यको क्षेत्र भने निर्वल देखिन्छ । खर्चमा वृद्धि हुने देखिन्छ ।

मीन राशिः मीन राशिका लागि यो महिना फलदायी रहनेछ । कार्यमा उन्नति हुने छ । धनको क्षेत्र सबल रहनेछ । व्यापार व्यवसायमा उन्नति हुनेछ । राजनीतिक क्षेत्र सबल रहनेछ । अध्ययन अध्यापनमा सफलता मिल्नेछ । यात्राका अवसर मिल्ने छन् । पारिवारिक क्षेत्रबाट पनि साथ सहयोग मिल्ने देखिन्छ । आर्थिक क्षेत्र सबल छ । खर्चमा वृद्धिका साथै शत्रु पक्षको सामना समेत गर्नुपर्ने देखिन्छ । स्वास्थ्यमा प्रतिकूलता रहनसक्ने देखिन्छ ।

उपप्रा. नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्