आज शनिबार, कस्ता कार्यका निम्ति शुभ रहनेछ ? हेर्नुहोस् आजको दिन २०७६ कार्तिक २ गते


हरेकपल October 19, 2019

श्रीगणेशायनमः ।। आज विक्रम संवत् २०७६ साल कार्तिक महिनाको २ गते शनिवार हो । सृष्टिदेखि हालसम्म १९५५८८५१२० वर्ष व्यतित भइसकेका छन् । कलिकालको ५१२० औँ वर्ष श्रीशालिवाहनीय शाके १९४१, ईशवीय संवत् २०१९ अन्तर्गत परिधावी नामक संवत्सर चलिरहेको छ । सूर्य दक्षिणायनमा छन् । शरद ऋतुअन्तर्गत कार्तिक कृष्णपक्षको षष्ठी तिथि राति ४।१५ बजेसम्म रहनेछ । यो महिनाका देवता दामोदर र मासदेवी राधा हुन् । सूर्य तुला राशिमा छन् भने वृहस्पति वृश्चिक राशिमा रहेका छन् । मृगशिरा नक्षत्र दिवा ४।१ बजेसम्म रहनेछ । परिघ योग र गर करण रहेको छ । यसैगरी आज काठमाडौँमा सूर्योदय ६।६ मा छ भने सूर्यास्त बेलुका ५।३० बजे हुनेछ ।


चन्द्रमा आज मिथुन राशिमा छन् । आज शनिवार शिवजीको उपासनासँगै पिपलमा जल अर्पण गर्नाले शनिजन्य दोष निवारण हुनेछन् ।

उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्