इंद्रियाणि पराण्याहुः इंद्रियेभ्यः परं मनः ।
मनसस्तु परा बुद्धिः यो बुद्धेः परतस्तु सः ।। –गीता
इन्द्रियभन्दा पर मन, मनभन्दा पर बुद्धि र बुद्धिभन्दा पनि पर आत्मा रहन्छ ।
पवित्र आत्मा मन र बुद्धिभन्दा पनि पर रहन्छ । मन र आत्मामा फरक छ । आत्माको स्थान मन भन्दा पनि माथि रहेको छ । सबैभन्दा अघि मन रहने मनले इन्द्रियलाई सञ्चालन गरिरहेको हुन्छ । त्यसमा बुद्धिको पनि अहं भूमिका रहने गर्दछ । यी मन र बुद्धि भन्दा पनि पर आत्मा रहेको छ । जो निर्विकार एवं निराकार रहेको छ भन्ने नीति वचन मननीय छ । – नारायणप्रसाद निरौला, ज्योतिषाचार्य, वास्तुविद् –