–गोकुल अधिकारी –
राइटर इन्टरनेशनलको पहिलो सम्मेलन अक्टोबर १९ मा बङ्लादेशको राजधानी ढाकामा सम्पन्न भयो । सम्मेलनले दोस्रो लेखक सम्मेलन सन २०२० मा अमेरिकाको कोलोराडोमा गर्ने निर्णय गरेको छ ।
आफ्नो होइन अर्काको लागि लेख भन्ने मुल नाराका साथ आरम्भ भएको यो दुई दिवसीय ढाका सम्मेलनले सृजनात्मक लेखनलाई अनुवादको माध्यमबाट अन्तरास्ट्रियकरण गर्दै लानुपर्ने, कलमकारहरु समाजप्रती उत्तरदायी हुनुपर्ने तथा राइटर इन्टरनेशनल लेखकहरुको छाता संस्थाको रुपमा रहने भनी तीन मुख्य प्रस्तावलाई पारित गरेको छ ।
विभिन्न विधाका लेखकहरुको साझा संस्थाको रुपमा रहेको राइटर इन्टरनेशनलको ढाका सम्मेलनमा भारत, नेपाल , बाङ्लादेश र भुटानका गरी झन्डै एकसय जति साहित्यकारको उपस्थिति रहेको थियो ।
सम्मेलनले कवि ज्ञानेन्द्र गदालको अध्यक्षतामा समितिको चयन गरेको छ । उपाध्यक्ष ( भारत) निसिकान्त सिन्हा ,उपाध्यक्षमा राजेन्द्र गुरागाई ( नेपाल ), उपाध्यक्षमा हर्क विश्व ( भुटान ), महासचिवमा शैयद रुक्साना जामान सानू( बङ्लादेश) , सचिवमा मोखलेस मुकुल ( बाङ्लादेश ) , सदस्यमा गोकुल अधिकारी ( नेपाल ) र टीका सापकोटा ( नेपाल ) रहेका छन ।