शहरका अवोध नानिहरु भित्र चिहाउदा


हरेकपल October 20, 2019

-महाप्रसाद खनाल –

अब त ढिलाभो वीस महिनामा टेक्न शुुरुभो
पठाउ स्कुूल ढिलो भई सक्यो अर्ति गुुरुको
गह्रौ भारी झोला बोक्दै बिचरा स्कुूल छिर्यो,
डुुलाउदा आँखा जननी थिइनन् मन भो अति पिरो ।

कोकोहोलो गर्दै ममि ममि भनि रुन्छ बिचरा,
बोलिन ति प्रिन्सीपल नदेखिने गरि जल्दी निचोर,
डर धम्कि हप्की सब दिई घिसारी पर लगि,
चिदाउ ए दुुष्ट हृदयमा कतै मानव छ कि,

उता ममि हुँइकी फुुरसद मिल्यो पार्लर पुुगी
किरिम पाउडर घस्दै हजार भरिकि सुुन्दरहुुकी
म त फुुर्सद हुुँ झरको फरको स्कुूल गयो,
के थाहा तिमिलाई दुुख पिडा उता के कति भयो,

हरेक पल पलमा जननी ममता दुर हुुनगयो,
ती बाला पनभरि अति पिडा दुुख बल्झिइ रह्यो,
न हाँस्न सक्छ उ खिति खित गरि स्वच्छ मनले
न रुन सक्छ उ धुुरु धुुरु कठै रोक्छ तनले ।

फुुल फुुल्ने मनमा किन रोपिदियौ हरपल विष,
कुतर्क झाँगियो अवोध शिशुुको तनमन बिच
पुुग्यो बर्षै दिन क ख ए बि सि डि चिन्ने भएछ,
आमाले पढाए अठार दिनको काम रहेछ ।

पढाउ हे मुुर्ख जननिहरुहो काखमा लिई
नपठाउ स्कुुल बवुुराहरुको हुुर्मत लिई,
जब पाचौ वर्ष उपर शुुरुभो दिन गनि बस,
बुुझाई लैजाउ वोर्डिङ अनि स्कुुलको रस ।

सिद्धिचरण न.पा. ३ ओखल्ढुुङगा
हाल : महालक्ष्मी न.पा. ५ ललितपुुर