सांसद गुरुङ अदालतमा हाजिर


हरेकपल October 20, 2019

कात्तिक ३, काठमाडौं । अदालतबाट ज्यान मार्ने उद्योग गरेको आरोपमा पक्राउ पूर्जी जारी भएका प्रतिनिधिसभा सदस्य पार्वत गुरुङ आइतबार जिल्ला अदालत काठमाडौंमा हाजिर भएक छन् ।

आफ्नो ज्यान मार्ने उद्योग गरेको आरोपमा सांसद गुरुङसहित ७ जनाविरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौंमा
दोलखाका वीरध्वज खड्काले जाहेरी दिएका थिए ।

प्रतिवादीहरु फरार रहेको भन्दै अदालतमा मुद्दा पेश भएपछि जिल्ला अदालतले सांसद गुरुङविरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो ।