आज अष्टमीव्रत, गोरखकाली पूजा पञ्चाङ्गसहित हेर्नुहोस् आजको दिन २०७६ कार्तिक ४ गते


हरेकपल October 21, 2019

श्रीगणेशायनमः ।। आज विक्रम संवत् २०७६ साल कार्तिक महिनाको ४ गते सोमवार हो । सृष्टिदेखि हालसम्म १९५५८८५१२० वर्ष व्यतित भइसकेका छन् । कलिकालको ५१२० औँ वर्ष श्रीशालिवाहनीय शाके १९४१, ईशवीय संवत् २०१९ अन्तर्गत परिधावी नामक संवत्सर चलिरहेको छ । सूर्य दक्षिणायनमा छन् । शरद ऋतुअन्तर्गत कार्तिक कृष्णपक्षको अष्टमी तिथि राति १।२० बजेसम्म रहनेछ । यो महिनाका देवता दामोदर र मासदेवी राधा हुन् । सूर्य तुला राशिमा छन् भने वृहस्पति वृश्चिक राशिमा रहेका छन् । पुनर्वसु नक्षत्र दिवा २।५१ बजेसम्म रहनेछ । यसैगरी आज सिद्धि योग र बालव करण रहेको छ । यसैगरी आज काठमाडौँमा सूर्योदय ६।८ मा छ भने सूर्यास्त बेलुका ५।२८ बजे हुनेछ ।


चन्द्रमा आज मिथुन राशिमा छन् । आज अष्टमीव्रत परेको छ । आज गोरखकाली भगवतीको उपासनासाँगै राता वस्तुको प्रयोग शुभ रहनेछ ।

उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्