भविष्यप्रति किन चिन्तित हुुनुहुँदैन ? हेर्नुहोस् आजको नीति वचन


हरेकपल October 21, 2019

गते शोको न कर्तव्यो भविष्यं नैव चिन्तयेत् ।
वर्तमानेन कालेन प्रवर्तन्ते विचक्षणाः ।।
–चाणक्य

गएकका वस्तुको र भविष्यमा हुने कुराको चिन्ता नगर्नू, जस्तो पर्छ त्यस्तै टर्छ ।


वितेको समयको चिन्ता लिनु हँदैन भन्ने चाणक्यको मत छ । यसैगरी भविष्यको चिन्तामा वस्नु पनि व्यर्थ हो । जे जस्तो हुन्छ त्यस्तै टर्छ । वरु वर्तमानकालको चिन्ता गर्नु उपयुक्त ह्ुन्छ । किनकि विगत न हाम्रा हातमा थियो न भविष्य नै हाम्रा हातमा हु्ने छ । त्यसैले वर्तमानलाई सोचेर अगाडि बढ्नु नै उपयुक्त हुन्छ भन्ने नीति वचन मननीय छ । –नारायणप्रसाद निरौला, ज्योतिषाचार्य, वास्तुविद्–