आज बुधबार, कस्ता कार्यका निम्ति शुभ रहनेछ ? हेर्नुहोस् आजको दिन २०७६ कार्तिक ६ गते


हरेकपल October 23, 2019

श्रीगणेशायनमः ।। आज विक्रम संवत् २०७६ साल कार्तिक महिनाको ६ गते बुधवार हो । सृष्टिदेखि हालसम्म १९५५८८५१२० वर्ष व्यतित भइसकेका छन् । कलिकालको ५१२० औँ वर्ष श्रीशालिवाहनीय शाके १९४१, ईशवीय संवत् २०१९ अन्तर्गत परिधावी नामक संवत्सर चलिरहेको छ । सूर्य दक्षिणायनमा छन् । शरद ऋतुअन्तर्गत कार्तिक कृष्णपक्षको दशमी तिथि राति ९।१४ बजेसम्म रहनेछ । यो महिनाका देवता दामोदर र मासदेवी राधा हुन् । सूर्य तुला राशिमा छन् भने बृहस्पति वृश्चिक राशिमा रहेका छन् । अश्लेषा नक्षत्र दिवा १२।२३ बजेसम्म रहनेछ । यसैगरी आज शुभ योग र वणिज करण रहेको छ । यसैगरी आज काठमाडौँमा सूर्योदय ६।९ मा छ भने सूर्यास्त बेलुका ५।२६ बजे हुनेछ ।


चन्द्रमा आज कर्कट राशिमा छन् । आज बुधबार हरिया वस्तुको प्रयोगसँगै विष्णु भगवान्को उपासना शुभ रहनेछ ।

उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्