देश विदेशको किन घुमफिर गर्नुपर्छ ? हेर्नुहोस आजको नीति वचन


हरेकपल October 23, 2019

यस्तु सञ्चरते देशान् सेवते यस्तु पण्डितान् ।
तस्य विस्तारिता बुद्धिस्तैलविन्दुरिवाम्भसि ।।
–नीति श्लोक

जो व्यक्ति देश विदेश घुम्छ र विद्वानको सेवा गर्छ उसको बुद्धि पनि तेल पानीमा परेर सर्वत्र फैलिएझैँ बढ्दै जान्छ ।


जीवनमा देश विदेश परिभ्रमणका साथै सज्जनको संगत गर्नु भन्न िनीति वचन पाइन्छ । नघुम्ने मान्छेको बुद्धि पनि स्थिर हुन्छ । बुद्धिको विकासका लागि भ्रमण आवश्यक हुन्छ । जो देश देशाटन गर्छ उसको बुद्धिमा पनि विकास हुँदै जान्छ । विभिन्न ज्ञान विज्ञानका कुरा जान्न र बुझ्नका निम्ति भए पनि भ्रमण गर्नु पर्छ भन्ने नीति सूक्ति पाइन्छ । घुम्दा सज्जनको संगत पनि अपरिहार्य रहेको कुरा पनि मननीय छ । –नारायणप्रसाद निरौला, ज्योतिषाचार्य–