आज रमाएकादशीव्रत, महिमा सहित हेर्नुहोस् आजको दिन २०७६ कार्तिक ७ गते


हरेकपल October 24, 2019



श्रीगणेशायनमः ।। आज विक्रम संवत् २०७६ साल कार्तिक महिनाको ७ गते बिहीवार हो । सृष्टिदेखि हालसम्म १९५५८८५१२० वर्ष व्यतित भइसकेका छन् । कलिकालको ५१२० औँ वर्ष श्रीशालिवाहनीय शाके १९४१, ईशवीय संवत् २०१९ अन्तर्गत परिधावी नामक संवत्सर चलिरहेको छ । सूर्य दक्षिणायनमा छन् । शरद ऋतुअन्तर्गत कार्तिक कृष्णपक्षको एकादशी तिथि बेलुका ६।५५ बजेसम्म रहनेछ । यो महिनाका देवता दामोदर र मासदेवी राधा हुन् । सूर्य तुला राशिमा छन् भने बृहस्पति वृश्चिक राशिमा छन् । मघा नक्षत्र दिवा १०।५१ बजेसम्म रहनेछ । यसैगरी आज शुक्ल योग र बब करण रहेको छ । यसैगरी आज काठमाडौँमा सूर्योदय ६।९ मा छ भने सूर्यास्त बेलुका ५।२५ बजे हुनेछ ।


चन्द्रमा आज सिंह राशिमा छन् । आज रमाएकादशीव्रत हो । कार्तिक कृष्णपक्षको एकाादशीलाई रमा भनिन्छ । रमा साक्षत् महालक्ष्मीको नाम हो । विष्णुलक्ष्मीप्रीतिका निम्ति आजको व्रत–उपासना शुभ रहनेछ ।

उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्