आज प्रदोषव्रतका साथै धनत्रयोदशी पनि हेर्नुहोस् आजको दिन २०७६ कार्तिक ८ गते


हरेकपल October 25, 2019

श्रीगणेशायनमः ।। आज विक्रम संवत् २०७६ साल कार्तिक महिनाको ८ गते शुक्रवार हो । सृष्टिदेखि हालसम्म १९५५८८५१२० वर्ष व्यतित भइसकेका छन् । कलिकालको ५१२० औँ वर्ष श्रीशालिवाहनीय शाके १९४१, ईशवीय संवत् २०१९ अन्तर्गत परिधावी नामक संवत्सर चलिरहेको छ । सूर्य दक्षिणायनमा छन् । शरद ऋतुअन्तर्गत कार्तिक कृष्णपक्षको द्वादशी तिथि दिवा ४।३१ बजेसम्म रहनेछ । यो महिनाका देवता दामोदर र मासदेवी राधा हुन् । सूर्य तुला राशिमा छन् भने बृहस्पति वृश्चिक राशिमा छन् । पूर्वाफाल्गुनी नक्षत्र दिवा ९।११ बजेसम्म रहनेछ । यसैगरी आज ब्रह्म योग र गर करण रहेको छ । यसैगरी आज काठमाडौँमा सूर्योदय ६।१० मा छ भने सूर्यास्त बेलुका ५।२४ बजे हुनेछ ।


चन्द्रमा आज सिंह राशिमा छन् । आज प्रदोषव्रतका साथै धनत्रोदशी पनि परेको छ । आज नयाँ सामान किन्ने शुभ दिनका रूपमा लिइन्छ । यसैगरी आज यमदीपदान पनि गरिन्छ ।

उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्