शास्त्र चिन्तन गर्दा ध्यान दिनुपर्ने कुरा के के हुन् ? हेर्नुहोस् आजको नीति वचन


हरेकपल October 25, 2019

नाहङ्कारी च धर्मान्धः शास्त्राणां तत्त्वचिन्तनैः ।
एकं शासत्रमधीयानो न विद्यात् कार्यनिर्णयम् ।।
–शुक्रनीति

शास्त्र चिन्तन गरेर अहंकारी र धर्मान्ध पनि हुँनु हुँदैन । यसैगरी एउटा ग्रन्थलाई मात्र आधार मानेर निर्णय लिनु हुँदैन ।


निर्णय गर्ने कुरा सुन्दा जति सरल लाग्छ व्यवहारमा निकै कठिन परिरहेको हुन्छ । कतिपय अवस्थामा मान्छे अनिर्णयको वन्दी पनि भइरहेका हुन्छन् । निर्णय दिने व्यक्तिले सर्वप्रथमतः अहंकार र धर्मान्ध भावको त्याग गर्नुपर्दछ । मनमा अहंकार र एक पक्षको मात्र कुरा सुन्ने मान्छेले सही निर्णय दिन सक्दैन । विभिन्न शास्त्रको पनि चिन्तन मनन गरिरहनु पर्दछ । एउटैमात्र शास्त्रलाई आधार मानेर, एउटै मात्र धर्म वा पक्षलाई आधार मानेर गरेको निर्णय कच्चा हुन्छ । त्यसैले निर्णय गर्दा धेरै भन्दा धेरै शास्त्र प्रमाण जुटाउन सक्नुपर्दछ भन्ने नीति वचन मननीय छ । – नारायणप्रसाद निरौला, ज्योतिषाचार्य, वास्तुविद् –