सांसद गुरुङलाई साधारण तारेखमा रिहा गर्न अदालतको आदेश


हरेकपल October 20, 2019

काठमाडौं । ज्यान मार्ने उद्योगमा वारेन्ट जारी भएपछि आइतबार जिल्ला अदालत काठमाडौं हाजिर भएका सांसद पार्वत गुरुङलाई साधारण तारेखमा रिहा गर्न अदालतले आदेश दिएको छ ।

दोलखाका वीरध्वज खड्काले आफ्नो ज्यान मार्ने उद्योग गरेको आरोप लगाउदै सांसद गुरुङसहित ७ जनाविरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएका थिए । थुनछेक बहसपछि गुरुङलाई साधारण तारेखमा छाड्ने आदेश भएको हो ।