उपचारका क्रममा बिरामीको ज्यान गएपछि चितवन मेडिकल कलेज तोडफोड


हरेकपल October 20, 2019

चितवन, २ असोज । नाकमा समस्या भएर चितवन मेडिकल कलेजमा ल्याइएकी नवलपरासीकी आशा ज्ञवालीको उपचारका क्रममा शनिबार मृत्यु भएपछि उनीहरुका आफन्तले अस्पतालको आईसीयू, सीसीयू, गेटलगायतका क्षेत्रमा तोडफोड गरेका छन् ।

दुई सयको संख्यामा आएका मृतकका आफन्तको टोली कलेजमा तोडफोड गरेका हुन् । कलेजले लापरवाही गरेर बिरामीको ज्यान गएको आरोप मृतकका आफन्तले लगाएका छन् ।

चितवनका प्रहरी प्रवक्ता एकनारायण कोइरालाले तोडफोडमा संग्लनहरुलाई पक्राउ गरिएको जानकारी दिए । तोडफोड नियन्त्रण गर्न प्रहरीले केही सेल अश्रु ग्यास प्रहार गरेको छ ।