आगलागीबाट कपडा पसलसहित एक घर जलेर नष्ट


हरेकपल October 21, 2019

सोलुखुम्बु ४ कात्तिक । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका– १ ख्याम्पुमा आगलागीबाट एक घर जलेर नष्ट भएको छ । आज बिहान करिब २ बजे विद्युत सर्ट भएर आगलागी हुँदा स्थानीय चन्द्रप्रकाश कोइरालाको घर जलेर नष्ट भएको सोलुखुम्बु प्रहरीले जनाएको छ ।
कोइरालाको पसलसहितको ३ तले घर जलेर नष्ट हुँदा ९८ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आगो निभाउन पर्याप्त स्रोत साधन नहुँदा घर पूर्ण रुपमा जलेर नष्ट भएपछि मात्रै आगो नियन्त्रणमा आएको स्थानीयले बताएका छन् ।

आगलागीबाट घरभित्र रहेको काठपात, लत्ता कपडा, भाडावर्तनलगायतका सामाग्री जल्नुका साथै यही घरमा रमेशकुमार राईले सञ्चालन गर्दै आउनुभएको कपडा पसलसमेत जेलेर नष्ट हुँदा ठूलो क्षति भएको हो ।