मन्थली एर्यपोर्ट आसपासका पसल र होटलमा व्यापक कालो बजारी


हरेकपल October 21, 2019

प्रसासन भन्छ कडा कार्वाहि हुन्छ

वद्री नयाँघरे

रामेछाप । रामेछापको मन्थली एर्यपोर्ट छेउका होटल र पसलहरुमा व्यापक रुपमा कालो वजारी मौलाएको छ । लुक्लाका लागि जाने हवाई पर्यटक बढेसँगै केही किराना पसल र होटलहरुमा कालो वजारीले मौलाउने अवसर पाएको हो । उनिहरुले कानुनको वर्खिलाप गर्दे र होटल व्यसवसायीको मुल्य सूचिको पनि वेवास्ता गर्दे खरिद मूल्य भन्दा दोब्बर मूल्यमा पर्यटक र स्थानिय हरुलाई सामान विक्री वितरण गर्दे आएको प्रमाण वजार अनुगमनका क्रममा फेला परेको जिल्ल्ला प्रशासन कार्यालयले जनाएको छ ।


मन्थली एर्यपोर्ट आसपास पर्यटकहरुको सुविधाका लागि खोलिएका केही किराना पसल र होटलहरुले मनलाग्दी तरिकाले आफ्नो अनुकुलतामा कम्पनीको मूल्य भन्दा एक सय प्रतिशत भन्दा बढी मूल्य राखेर विक्री गर्दै पर्यटकसँगै आम उपभोक्तालाई ठगी गरेको खुलेको हो ।
एर्यपोर्टका केही व्यवसायिहरुले पर्यटकलाई दोब्बर भन्दा बढी मूल्यमा सामाग्री विक्रीवितरण गरेर उपभोक्ता ठगी गरेको भन्ने गुनासो आए पछि जिल्ला प्रशासन कार्यालय रामेछापले अनुगमन गर्दा गैरकानूनी रुपमा सामाग्री विक्री वितरण गरिरहेको भेटिएको प्रशासनले जनाएकको छ ।
अनुगमन टोलीलले गैर कानूनी रुपमा बढी मूल्य भएको स्टिकर टाँस गरी सामाग्री विक्री गर्ने दर्ता नै नभएको एभ्रेष्ट गेटवेय मिनी मार्टलाई बन्द ग

रेको छ । मिनी मार्टले ७० रुपैयाँ पर्ने बिस्कुटलाई एक सय पचासमा बेच्दै आएको थियो ।
त्यस्तै अर्को टेकर्स ट्रेनिस्ट क्याफले खरिद मूल्य भन्दा एक सय प्रतिशत बढी मूल्य राखेर सामाग्री विक्री गर्ने गरेको भेटिएको अनुगमन टोलीले बताएको छ । अनुमगन टोलीले तीन ओटा किराना पसल र तीन ओटा होटलमा अनुमगन गरेको थियो । त्यसवारेमा जिल्ला प्रशासन कार्यालयले तत्काल जिल्ला समन्वय प्रमुख मन्थली नगर प्रमुख स्थानिय राजनितिक दल र संचारकर्मिहरु संग समेत छलफल गरि उनिहरुलाई सहयोगका लागि अनुरोध गर्नु भयो । वहाँले भन्नुभयो । एक सय प्रतिशत भन्दा बढी मूल्य लिएर सामाग्री विक्री गर्ने व्यवसायिहरुलाई कनून अनुसार कारबही गरिने प्रमुख जिल्ला अधिकारी लिला कुमारी केसी पाण्डेको भनाई रहेको छ ।

एअरपोर्ट क्षेत्रमा भएको ठगि ठगि नभएर अपराध हो यस्ताखालका हर्कतहरुलाई तत्काल अन्त्य गर्ने कुरामा नगरपालीकाले पनि कुनै कसूर नराख्ने मन्थली नगरपालीकाका प्रमुख रमेश कुमार वस्नेतले वताउनु भयो । वहाँले भन्नु भयो पर्यटकहरुलाई स्वागत र सत्कार गर्दे उहाँहरुको मन जित्दै अघि वढ्नु पर्ने वेलामा भएको यस्तो हर्कत आफना लागि पनि सह्य हुन सक्दैन् ।