भटौलीमा काग्रेसको प्रशिक्षण र कार्यालय उद्घाटन सम्पन्न


हरेकपल October 21, 2019

वद्री नयाँघरे

मन्थली । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नं ७ भटौलीको अयोजनामा भटौलीमा १ दिने प्रशिक्षण कार्यक्रम एबं पार्टि कार्यलय उद्घाटन कार्यक्रम शनिबार सम्पन्न भएको छ ।
वडा कार्य समितिका सभापति भुवन हरि प्रसाइको अध्यक्षता एबं जिल्ला पार्टि सभापति लबश्री न्यौपानेका प्रमुख आतित्थ्यतामा कार्यक्रमहरु सम्पन्न भएका हुन् । मुगिटारको रुद्राक्षेश्वर मा बि मा सम्पन्न कार्यकर्ता प्रशिक्षण कार्यक्रम को उद्घाटन काँग्रेस जिल्ला पार्टि सभापति लवश्री न्यौपाने मैन बत्ति बालेर गर्नु भएको थियो । कार्यक्रममा सभापति न्यौपाने, पार्टि सचिब लेख बहादुर कार्की, कोषाध्यक्ष कुमार श्रेष्ठ, प्रदेश सभा ख का सभापति बिनोद कार्की, र ने बि संघ का निबर्तमान केन्द्रिय सदस्य रत्नहरि ढुंगेलले प्रशिक्षण दिनु भएको थियो ।


कार्यक्रमका अबसरमा प्रशिक्षणमा सहभागि ९० जना भन्दा बढि कार्यकर्ताहरुलाई पार्टि सभापति लवश्री न्यौपानेले प्रमाणपत्र बितरण गर्नु भएको थियो । यसैबिच नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नं ७ को कार्यालय पनि एक समारोहका बिच भटौलीमा उद्घाटन गरिएको छ । सो कार्यालयको उद्घाटन पार्टि सभापति लवश्री न्यौपानेले गर्नुृ भएको हो ।, सघिय संरचना अनुसार वडा पार्टि कार्यालयको उद्घाटन जिल्लामै पहिलो वडा भएको पार्टि सचिब लेख बहादुर कार्की ले बताउनु भयो ।