भारत-पाकिस्तानबीच फेरी तनाव, दुइतीर गोली हानाहान


हरेकपल October 22, 2019

श्रीनगर। भारत–पाकिस्तान सीमाक्षेत्र कश्मीरमा गोली हानाहान भएपछि दुई देशबीच फेरि तनाव चर्किएको छ ।

नगर। भारत–पाकिस्तान सीमाक्षेत्र कश्मीरमा गोली हानाहान भएपछि दुई देशबीच फेरि तनाव चर्किएको छ ।

उनीहरूले एकअर्कालाई गोलाबारी गरेको आरोप लगाएका छन् । घटनामा दुवैतिर सैनिक तथा गैरसैनिक नागरिकको मृत्यु भएको छ । भारत र पाकिस्तान दुवैले एकअर्कालाई युद्धविराम भंग गरेको आरोप लगाउँदै आफूहरु प्रतिकारमा उत्रेको दाबी गरेका छन् आजको कान्तिपुरमा समचार छ ।

परमाणु हतियार सम्पन्न दुई देशबीच कश्मीर विवादका कारण दुई पटकसम्म युद्ध भइसकेको छ । तर पछिल्लो समय कश्मीर मुद्दाका कारण भारत र पाकिस्तानबीच तनाव निकै बढेको हो ।

फेब्रुअरीमा कश्मीरमा गरिएको एक आत्मघाती आक्रमणमा भारतीय सशस्त्र फौजका ४६ जवानको मृत्यु भएपछि भारतले पाकिस्तानमा हवाई आक्रमण गरेको थियो । पुलवामामा गरिएको आत्मघाती बम आक्रमणको पाकिस्तानस्थित विद्रोही समूह जैस–ए–मोहम्मदले जिम्मेवारी लिएको थियो ।Paragraph

त्यसका कारण बढेका दुई देशका तनाव गत अगस्टमा भारतले कश्मीरको विशेषाधिकार खारेज गरेपछि पाकिस्तानले त्यसको विरोध गर्‍यो । भारतीय निर्णयविरुद्ध अन्तर्राष्ट्रिय समर्थन खोजिरहेका पाकिस्तानी प्रधानमन्त्री इमरान खानले यो मुद्दा राष्ट्रसंघलगायतमा उठाइसकेका छन् ।