युट्युबबाट हट्यो ‘ह्याप्पी तिहार’ गीत पक्राउ परे दुर्गेश थापा


हरेकपल October 22, 2019

‘ह्याप्पी तिहार’ बोलको गीत गाएर विवादमा तानिएका गायक दुर्गेश थापालाई प्रहरीले पक्राउ गरेको छ। महानगरिय प्रहरी अपराध महाशाखाको टोलीले काठमाडौंस्थित गोगंबुबाट थापालाई पक्राउ गरेको हो ।

थापासँग सोधपुछ गरी सामाजिक सहिष्णुता बिगार्ने शब्द प्रयोग गरिएको गीत हटाएर छोड्ने तयारी प्रहरीले गरेको छ । ‘ह्याप्पी तिहार’ गीतलाई लिएर जिल्ला प्रशासन कार्यलाय काठमाडौंमा उजुरी परेको थियो । सोही उजुरीका आधारमा प्रहरीले थापालाई बोलाएको थियो ।

गीतमा उनले वियर खाँदै तिहार मनाउँ भन्ने खालको आाशय व्यक्त गरेका छन । मदिरा र गाँजा सेवनलाई प्रोत्साहन गरी गीत गाएपछि उनको निकै आलोचना भएको थियो । उनले लागु पदार्थ सेवन गर्न प्रोत्साहन गरेर गीत गाउनु कानुन विपरित भएको र सामाजिक मूल्य-मान्यता विपरित भएको भनी चर्को आलोचना भइरहेको छ ।

त्यस्तै, गायक दुर्गेश थापालाई पक्राउ गरेपछि ‘ह्याप्पी तिहार’ बोलको तिहार गीत युट्युबबाट हटाइएको छ । गायक थापा यही गीत गाएर समाजमा गलत सन्देश प्रवाह गरेको आरोपमा अहिले प्रहरी नियन्त्रणमा छन् ।