काठमाडौं, ५ कात्तिक । राष्ट्रिय जनमोर्चाले संघ र प्रदेशको चुनावमा नेकपासँग र स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेससँग तालमेल गर्न सक्ने जनाएको छ ।
राष्ट्रिय जनमोर्चाले मंसिर १४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको उपनिर्वाचनमा तालमेल गर्न नेकपासँग प्रस्ताव गरेको छ ।
पार्टीकी प्रवक्ता दुर्गा पौडेलका अनुसार कास्कीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र तथा बागलुङ र दाङको प्रदेशसभा निर्वाचन क्षेत्रमा तालमेल गर्न जनमोर्चाले नेकपालाई प्रस्ताव पठाएको हाे ।
समझदारी नभएमा उक्त तीनवटै क्षेत्रमा आफ्ना उम्मेदवारहरु खडा गर्ने विज्ञप्तिमा जनाइएङ्काे छ ।