बैतडी घटनाका दोषीमाथि जस्तोसुकै कारवाही गरेपनि कमहुने कांग्रेसको निश्कर्ष (विज्ञप्ति सहित)


हरेकपल October 23, 2019

काठमाडौं । बैतडीमा स्थानीयमाथि भएको ड्रोजर आतंकप्रति नेपाली कांग्रेसको ध्याणकर्षण भएको छ । सोमबार बैतडीको दशरथचन्द नगरपालिका ९ मा सडक खन्ने क्रममा स्थानीय बासिन्दामाथि नै ड्रोजर हमला भएको फुटेज बाहिरिएको थियो । सडक खन्ने क्रममा विरोध गरिहरेका दुइ महिलामाथि ड्रोजरले धक्का दिएको स्पष्ट देखिन्छ ।

यस्तो भिडियो बाहिरिएसंगै चौतर्फी आलोचना भइरहेका बेला कांग्रेसले एक्सन लिएको हो । उसले दोशीमाथि जस्तोसुकै कारबाहि गरेपनि कम हुने निश्कर्ष निकालेको छ । कांग्रेसले घटनाको निश्पक्ष छानविनका लागि केन्द्रीय प्रतिनिधि समेत पठाइसकेको छ ।

कञ्चनपुरका पूर्वसभापतिसमेत रहेका संविधानसभा सदस्य बहादुरसिंह थापालाई केन्द्रीय प्रतिनिधिका रुपमा उसले खटाएको हो । “पार्टीका तर्फबाट घटनास्थलमै पुगेर स्थानीय नागरिक, स्थानीय सरकार, राजनीतिक दलहरु, स्थानीय प्रशासन, सञ्चारकर्मी एवं आवश्यक व्यक्तिहरुसँग संवाद गरी आवश्यक निर्णय लिन र प्रतिवेदन पेश गर्न केन्द्रीय प्रतिनिधिका रुपमा बहादुरसिंह थापालाई बैतडी पठाइएको छ,” कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

नगरपालिकाको सहमति विना एकपक्षीय रुपमा सडक खन्ने क्रममा भएको घटनाप्रति बैतडी कांग्रेसले पनि विज्ञप्ती जारी गर्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । त्यसैगरी नेपाल तरुण दल र नेपाल विद्यार्थी संघले पनि विज्ञप्ती जारी गदै घटनाको विरोध जनाएको छ ।

नागरिकमाथि ड्रोजर चलाइएको घटना गम्भीर र अक्षम्य भएको भन्दै दोशीलाई नछाड्ने तरुण दल बैतडीका उपाध्यक्ष महेश दत्त भट्टले चेतावनी दिए । दलले निश्पक्ष छानविकका लागि सरोकार वाला निकायलाई आग्रह गरेका छन् । उनले घाइतेहरुको उपचार खर्च सरकारले व्यहोनुपर्ने जिकिर गरे ।
विज्ञप्ती