क्याट क्विन्स डब्लुसिएलको फाईनलमा


हरेकपल October 23, 2019

क्याट क्विन्स काठमाडौंले विराटनगर टाइटन्समाथि ९ विकेटको जित निकाल्दै महिला च्याम्पियन्स लिग (डब्लुसिएल)को फाईनलमा प्रवेश गरेको छ । मङ्गलबार भएको इलिमिनेटरमा टस जितेर पहिलो ब्याटिङ गरेको विराटनगर टाइटन्सले १७.३ ओभरमा सबै विकेट गुमाएर ६८ रन मात्र जोड्न सफल भएकाे छ । ६९ रनको लक्ष्य पाएको क्याट क्विन्सले ९.५ ओभरमा मात्र १ विकेट गुमाएर सहजै जित हात पारेकाे छ । खेलमा उत्कृष्ट पर्दशन गरेकी क्याट क्विन्स काठमाडौंकि कप्तान रूविना क्षेत्री प्लेयर अफ द म्याच भएकि छिन।
क्याट क्विन्स काठमाडौंले बिहिबार फाईनल खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा चितवन राइनोजसँग खेल्ने छ ।