सिटिजन्स बैंकको कार दुर्घटनामा, सिइओ सहित ४ जना घाइते


हरेकपल October 23, 2019

काठमाडौं, ६ कार्तिक । सिटिजन्स बैंक इन्टरनेशनलको कार दुर्घटना हुँदा बैंकका सिइओ गणेशराज पोख्रेल सहित ४ जना घाइते हुनुभएको छ ।

घाइते हुनेहरुमा बैंकका एसिस्टेन्ट सिइओ पारसकुमार काफ्ले, सुरेशमान मानन्धर र विवशसिंह ठकुरी हुनुहुन्छ । पारिवारिक स्रोतकाअनुसार घाइतेहरुको काठमाडौंस्थित अस्पतालमा उपचार भइरहेको छ । अस्पताल स्रोतले दिएको जानकारीअनुसार अहिले घाइते सबैको स्वास्थ्य अवस्था खतरामुक्त रहेको छ ।

प्रदेश नम्बर १ र २ मा रहेका बैंकका विभिन्न शाखाहरुको कार्य मूल्याङ्कन अनुगमन सकेर काठमाडौं फर्किनेक्रममा पथलैयादेखि हेटौडाकोबीचमा कार दुर्घटनामा परेको स्रोतले बताएको छ ।

हरेकपल डटकम, सहकारी नेपाल डट कम र सूचना चौतारी सञ्चार सहकारी संस्था परिवारको तर्फबाट सिइओ पोख्रेलसहित सबै घाइतेहरुको सिघ्र स्वास्थ्यलाभको कामना व्यक्त गर्दछौं ।