-नरेन्द्र खनाल-
जम्का भेट
मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको दक्षिण गेट तर्फ जाँदै थिएँ । दक्षिण तर्फको गेट नपुुग्दै जिल्ला समन्नय समिति र सामाजिक सुुरक्षा कोषको गेटमा दौरा सुुरुवाल र ढाका टोपी लगाएर निकै ठुुलो नेपालको राष्ट्रिय झण्डा लिएको एक जना वृद्ध उभिरहेको देखें ।
फाेटाे: नरेन्द्र खनाल/ हरेकपल
खास के को लागि रहेछ भनि मलाई केहि कौतुुहलता जाग्यो र म सरासर बाइक दायाँ तर्फ मोडेर पार्किङ गरि झण्डा बोक्ने तीे वृद्ध तर्फ गएर सोधे, आज के हो हजुुर झण्डा बोकेर हिड्नुु भएको छ , उहाँले जवाफ दिनुुभयो । आज मात्र होइन बाबुु यो झण्डा म बिगत ८ बर्ष देखि बोक्दै आएको छुु । त्यसपछि उहाँ आफै एकोहोरो बोल्न थाल्नुु भयो । ‘आज भन्दा ८/१० बर्ष अगाडिको कुुरा हो माओबादीले जब झण्डा परिबर्तनको कुुरा उठायो, मलाई लाग्यो यो झण्डामा हाम्रो शान, हाम्रो गौरब, हाम्रो राष्ट्रियता जोडिएको छ तर झण्डा परिबर्तनको कुुरा सुुन्ने बित्तिकै आफुुलाई राष्ट्रियताले निकै पोल्यो । त्यति मात्र होइन लगभग हराइसकेको जातियताको कुुरा राजनीतिबाट उठ्दा समाज खण्डित हुने डर लाग्यो, वास्तवमा जात भनेको महिला र पुुरुष मात्र हो अरु त सबै भ्रम हो यो विकृति संस्कार हटाउन र हामि नेपाली एक हौं र नेपालीहरु बिचमा एकता कायम हुुनुुपर्छ भनि आफुुँ सधै यो झण्डा बोकेर हिडेको हुुँ र हाल सम्म म नेपालको सबै जिल्लाहरुमा यहि झण्डा लिएर पुुगिसकेको छुु ।’
फाेटाे: नरेन्द्र खनाल/ हरेकपल
उहाँको कुुरा सुुनेपछि म एक छिन टक्क अडिएँ , यसैक्रममा एक जना तिस बत्तिस बर्ष उमेरको एकजना युुवा एउटा साइकल लिएर आउनुुभयो र उहाँलाई उनै झण्डावाल लक्ष्मी नारायण शिल्पकारले मलाई परिचय गराउदै भन्नुभयो– ‘उहाँ बसन्तराज श्रेष्ठ मेरो बिगत ३ महिना अगाडि देखिको साथी जसले मलाई यहि साइकलमा घुुमाउनुुहुुन्छ । यो भन्दा अगाडि भने म उपत्यकाभित्र प्राय हिडेर नै दिन बिताउथेँ । बसन्तराज श्रेष्ठ पनि लक्ष्मीनारायण शिल्पकारको राष्ट्रियताबाट आफुुँ प्रभावित भई उहाँलाई साथ दिन थालेको बताउनुु हुुन्छ । बसन्तराज श्रेष्ठ भने टुुरिष्ट गाइड हुुनुुहुुदो रहेछ । र फुुसर्दको बेलामा साथ दिनुुहुुदोरहेछ ।’
फाेटाे: नरेन्द्र खनाल/ हरेकपल
कुुरा गर्ने नै क्रममा उहाँले मेरो मोबाइलमा राष्ट्रिय झण्डाको सानो स्टिकर टाँसिदिनुु भयो । उहाँसँग जो कोहि कुुरा गर्ने बित्तिकै झण्डाको स्टिकर टाँसिदिनुुहुुदो रहेछ । रेडक्रस भक्तपुुरको जिल्ला उपसभापति समेत भएर काम गरिसकेको बताउने लक्ष्मी नारायण अर्थात् झण्डा बाजे र उहाँका सहकर्मी जस्तै हामि सबै नेपालीमा राष्ट्रियता र सकारात्मक सोचको भावनाको विकास हुुँदो हो त हाम्रो देश कति चाँडो विकास हुुन्थ्यो होला ।
फाेटाे: नरेन्द्र खनाल/ हरेकपल फाेटाे: नरेन्द्र खनाल/ हरेकपल फाेटाे: नरेन्द्र खनाल/ हरेकपल