निधि अस्पताल र जनसम्पर्क समिति अमेरिकाबीच छलफल


हरेकपल October 23, 2019

काठमाडौं, ६ कार्तिक । महेन्द्रनारायण निधि मेमोरियल अस्पताल र जनसम्पर्क समिति अमेरिकाका पदाधिकारी एवम् सदस्यहरुबीच अस्पताल सञ्चालनका विषयमा छलफल भएको छ ।

बसुन्धारामा रहेको महेन्द्रनारायण निधि मेमोरियल अस्पताललाई अमेरिकामा बस्ने नेपालीबीच जोड्ने रणनीतिकासाथ छलफल भएको अस्पतालका अध्यक्ष भानुभक्त ढकालले हरेकपललाई जानकारी दिनुभयो ।

छलफलमा जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द विष्ट, विजय शर्मा, सुभाष लामा, भरतप्रसाद अर्याललगायत सहभागी हुनुहुन्थ्यो । त्यसैगरी छलफलमा महेन्द्रनारायण निधि प्रतिष्ठानका अध्यक्ष पुरुषोत्तम दाहाल, अस्पतालका अध्यक्ष भानुभक्त ढकाल, सिताराम काफ्ले, कृष्ण थापा मगर लगायत सहभागी हुनुहुन्थ्यो ।