एनसिए काठमाडौँको अधिवेशन कार्तिक १६ मा


हरेकपल October 23, 2019

काठमाडौँ ६ कार्तिक । नेशनल कोअपरेटिभ एलायन्स नेपाल (NCA) को प्रथम महाधिवेशन यहि कार्तिक १६ मा हुुने भएको छ । निकै लामो समयदेखि हुुन नसकेको एलायन्सको प्रथम अधिबेशन समितिका उपाध्यक्ष प्रतिभा मुुडवरी (पाठक) को अध्यक्षतामा कार्तिक ५ गते बसेको बैठकले निर्णय गरेको हो । गत बर्ष नै मिति तोकेर पनि अधिबेशन नभएपछि केन्द्रीय एलायन्सका पदाधिकारीहरु समेतको उपस्थितिमा कार्यक्रम तय गरिएको हो । उक्त बैठकले डा. ज्ञानेन्द्र पौडेलको संयोजकत्वमा विपिन शर्मा र कृष्ण बहादुुर खत्री सदस्य रहेकाे निर्वाचन समिति गठन गरेको छ ।

केन्द्रीय एलायन्सका अध्यक्ष डिल्लीराम तिवारी, सह अध्यक्षद्धय सुुरेन्द्र भण्डारी र गोविन्द शर्मा पौडेल तथा महासचिव चन्द्र प्रसाद ढकालको उपस्थिति रहेको थियो भने काठमाडौँका क्षेत्रीय समितिका केहि संयोजकहरुलाई समेत आमन्त्रित गरिएको थियो । केन्द्रीय एलायन्सका सह अध्यक्ष सुुरेन्द्र भण्डारीले सकेसम्म सहमतिबाटै नेतृत्व चयन प्रयास गरिने बताउनुुभएको छ । उक्त अधिबेशन कार्तिक १६ गते दिउसो २ बजे कमलादी स्थित सिडब्लु पार्टि प्यालेसमा हुुने काठमाण्डौ एलायन्सले जनाएको छ । काठमाडौँ एलायन्सले गत असोज १० गते सम्म सदस्यता लिएका र नविकरण गरेका सदस्यहरुलाई मात्र जिल्ला अधिवेशनमा मताधिकार दिने निर्णय गरेको थियो र सो बमोजिम १८८ जना सदस्यता कायम भएको जिल्लाले जनाएको छ ।