धर्मस्थलीमा विद्यालयको बरण्डा भत्किँदा ४२ विद्यार्थी घाइते


हरेकपल October 23, 2019

काठमाडौं, ६ कात्तिक । काठमाडौंको धर्मस्थलीमा रहेको एक विद्यालयको बरण्डा भत्किँदा स्कुलका ४२ विद्यार्थी घाइते भएका छन् ।

तारकेश्वर नगरपालिका ३ मा पर्ने विद्याकुञ्ज इंग्लिस बोर्डिङ स्कुलमा बरण्डामा बसेर विद्यालयको चौरमा खेलकुद कार्यक्रम हेरिरहेका विद्यार्थी बरण्डा भत्किएर घाइते भएका हुन् ।

घाइते विद्यार्थीलाई बालाजुको ग्रिनसिटी अस्पतालमा उपचारका लागि ल्याइएको प्रहरी वृत्त बालाजुले जनाएको छ ।

६ देखि १२ वर्ष उमेरका घाइते विद्यार्थीमध्ये कतिपयको हात भाँचिएको छ भने कतिपयको शरीरका विभिन्न ठाउँमा चोटपटक लागेको छ ।