लोभलाग्दो ग्रिन लिफ, पर्यटक र प्रकृती


हरेकपल October 24, 2019

गन्तव्य / हरेकपल/ बिजनेस ब्यूराे

ग्रिनलिफ रिसोर्ट काठमाडौँ बासीलाई भिडभाडबाट मुक्त भई एकछिन शान्त वातावरणमा रमाउनका लागि उत्कृष्ट गन्तव्य हो । तारकेश्वर न.पा. ३ काठमाडौँ बाट नुुवाकोट जाने बाटोको ओशो तपोबनसँगै रहेको ग्रिन लिफ रिसोर्टले सुलभ मूल्यमै उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ ।

त्यस क्षेत्रमा रहेका र उस्तै सुविधा भएका अन्य रिसोर्टको तुलनामा ग्रिनलिफले कम मूल्यमै स्वस्थ्य खाना र आरामदायी वसाईको सुनिश्चितता गरेको रिसोर्ट व्यवस्थापनको दावी छ । त्यसैले नै होला ग्रीनलिफ आन्तरिक र वाह्य पर्यटकहरूको रोजाईको रिसोर्ट बन्न सकेको । यस रिसोर्टबाट शिवपुरि राष्टिय निकुुञ्जको अबलोकन, काठमाडौँ उपत्यकाका साथै नुुवाकोट, गोर्खा तथा धादिङको समेत दृश्यावलोकन गर्न सकिन्छ ।

एक पटकमा १५० जना सम्मले खाजा तथा नास्ता गर्न सक्ने र ६० देखि ७० जना सम्मलाई बास बस्न मिल्ने यस रिसोर्टका व्यवस्थापक कञ्चन काफ्ले बताउनुुहुुन्छ । अन्य होटल रेष्टुुरेण्टको तुलनामा कम मुुल्यमा धेरै किसिमको सेवा पाउन सकिने भएकोले यहाँ धादिङ, नुुवाकोटका विभिन्न ग्रामिण क्षेत्रका साथै काठमाडौँ उपत्यकाकाबाट आउने पर्यटकहरुको पहिलो छनौट बनेको काफ्ले बताउनुुहुुन्छ ।