निशुल्क स्वास्थ्य परिक्षणका साथ औषधी वितरण


हरेकपल October 24, 2019

शरु राइ

धनकुटा । सशस्त्र प्रहरी बल नेपाल नं.६ गुल्म छिन्ताङ्ग धनकुटाको आयोजना र कोशी आयुर्वेद निर्देशनालयको सहकार्यमा आज सशस्त्र प्रहरी बल नेपाल नं.६ गुल्म छिन्ताङ्ग धनकुटा परिषरमा निशुल्क स्वास्थ्य परिक्षण र औषधी वितरण कार्यक्रम सम्पन्न भयो । सशस्त्र प्रहरी बल नेपालले देशमा शान्ति सुरक्षा र अमनचयन कायम गर्न २४ सै घण्टा सेवामा क्रियाशिल भै सुरक्षा र सहयोगका लागी तैनाथ रहन सशस्त्र प्रहरी कर्मचारीहरु शारीरिक एवं मानसिक रुपमा स्वस्थ्य रहनु पर्ने भएकोले स्वास्थ्य परिक्षण कार्यक्रम गरिएको सशस्त्र प्रहरी बल नेपाल नं.६ गुल्म छिन्ताङ्ग धनकुटाका गुल्मपती डि एस पी सचिन कर्माचार्यले वताउनु भयो ।


स्वास्थ्य परिक्षण कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नं.६ गुल्म छिन्ताङ्ग धनकुटाका ५३ जना सशस्त्र प्रहरी कर्मचारीहरुको र २१ जना स्थानीय वासिन्दाहरुको स्वास्थ्य परिक्षण गरी निशुल्क औषधी समेत वितरुण गरिएको गुल्मपती डि एस पी सचिन कर्माचार्यले वताउनु भयो ।
सशस्त्र प्रहरी बल नेपाल नं.६ गुल्म छिन्ताङ्ग धनकुटाले नियमित खानपान,शारीकि व्यायम लगायत विभिन्न खेलकुद प्रतियोगिता र सामाजिक कार्यहरु गर्दै आईरहेको छ ।