पिटरको आत्मघाती गोलमा बार्सिलोना विजयी


हरेकपल October 24, 2019

च्याम्पियन्स लिग अन्तर्गत बुधबार राति भएको समूह ‘एफ’को खेलमा बार्सिलोनाले स्लाविया प्रागलाई २-१ गोल अन्तरले पराजित गरेको छ । खेलको तेस्रो मिनेटमा नै गोल गर्दै मेस्सीले बार्सिलोनालाई अग्रता दिलाएका थिए ।

तर स्लावियाले खेलको ५०औं मिनेटमा गोल फर्काउन सफल भयो । जान बोरिलको गोलमा स्लाविया १-१ को बराबरीमा रह्यो । खेल बराबरी भएको ७ मिनेटमा नै पिटर ओलायिन्काले आत्मघाती गोल गरेपछि बार्सिलोना विजयी भयो । हिजोको गोल सँगै मेस्सीको च्याम्पियन्स लिगमा ११३ गोल पुगेको छ र उनी लगातार १५ औं सिजनमा गोल गर्ने एक मात्र खेलाडि भएका छन् ।