नेकपा रामेछापको चियापानमा मेल मिलापको सन्देश


हरेकपल October 24, 2019

– वद्री नयाँघरे –
रामेछाप । नेकपा रामेछापले वुधवार जिल्लामा चियापान कार्यक्रम मार्फत जिल्ला स्तरमा पनि मेल मिलापको सन्देश दिएको छ । विगत वर्षहरुमा जस्तै यस वर्षपनि नेपाल सम्बत् ११४० को अवसरमा बुधबार चियापान विजया दशमि,तिहार, छट पर्व तथा नेपाल संवत लगाएत विभिन्न पर्वको अवसर तथा स्मरणमा सो पार्टिले चिया पान कार्यक्रमको आयोजना गरेको हो ।


छोटो र औपचारीक रुपमा भएको चियापान कार्यक्रममा वोल्ने सवै नेताहरुले मुलुकको विकास मेल मिलाप र एकतामानै फस्टाउने भएकोले त्यसका लागि कम्युनिष्ट पार्टि प्रतिपक्ष दल नेपाली काँग्रेस संग पनि मिलेर जान तयार रहेको धारणा राख्नु भएको थियो । कार्यत्रमका प्रमुख अतिथि केन्द्रिय सदस्य एवं पार्टि जिल्ला ईन्चार्ज देव शंकर पौडेलले मुलुकलाई प्रद्धतिमा लैजान सकेमात्र सम्वृद्ध मुलुक र सम्वृद्ध रामेछाप सम्भव रहेको वताउनु भयो । उहाँले भन्नु भयो त्यसका लागि सवैको सहयोग आवश्यक पर्छ ।


एमाले जिल्ला सह ईन्चार्ज एवं प्रदेश नं तीनका अर्थमन्त्री कैलास ढुंगेलले अहिले आफुले जिल्लाको विकास निर्माणका क्षेत्रमा छुट्याएको वजेट र सडक संजाल, खेलकुद ,पर्यटन र कृषिका क्षेत्रमा भएको विकासको चर्चा गर्दे भावि दिनमा पनि जिल्लाको विकासमा आफुले वजेटको कमि हुन नदिने आश्वासन दिनुभयो । उहाँले नेपाली कांगेस प्रतिपक्षी भएर पनि सालीन पार्टि भएको र भावि दिनमा पनि उसँगको सहकार्य मेल मिलाप मैत्रीनै भएर जाने विश्वास गर्नु भएको थियो ।
नेकपा रामेछापका अध्यक्ष मैन कुमार मोक्तानको अध्यक्षतामा भएको चियापान कार्यक्रममा नेकपा जिल्ल नेता केन्द्रिय सदस्य युवराज चौलागाइले पनि अवको युग मेल मिलाप युग भएकोले यसलाई सरकार र प्रतिपक्ष दुवैले सकरात्मक तरिकाले अगाडी वढाउनु पर्ने विश्वास राख्दै सवै अतिथि र सहभागि हरुलाई स्वागत गर्नु भएको थियो ।

जिल्लाका सवैजसो पालीकाकका नेता तथा कार्यकर्ताहरुको चियापान कार्यक्रममा प्रतिनिधित्व रहेको थियो ।उक्त चियापान कार्य भएपनि चियापान कार्यक्रममा गत वर्षको जति नेता कार्यकर्ताहरु कार्यक्रममा सहभागि भएका थिएनन् । उल्लेखनि सहभागिताका विच भएको कार्यक्रमका सहभागि अतिथिहरुलाई स्वागतको व्यवस्था मिलाईएको थियो । चियापानमा जिल्ला स्थित विभिन्न राजनीतिक दलका नेता, स्थानीय तहका जनप्रतिनिधि, सरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधि लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागीहरुले एकआपसमा शुभकामना आदानप्रदान गरेका थिए ।